
डोटी जिल्लाको चर्चित मानिने डोटीको केआईसिँह गाउँपालिका वडा नं। ६ स्थित फलेडीको गौरा पर्व यस वर्ष विशेष रूपमा भाद्र २१ र २२ गते मनाइने भएको छ ।
धार्मिक परम्परा अनुसार भाद्र १७ गते गौरा देवीलाई गौरा घरमा भित्राइएको र त्यहाँ नियमित रूपमा पूजा अर्चना गरिने भए पनि सुदूरको प्रसिद्ध मानिने देउडा गीत प्रतियोगिता र गौरा फाग भाद्र २१ र २२ गतेमा मनाइने निर्णय भएको उक्त वडाका अध्यक्ष कृष्ण जोशीले बताउनु भयो ।

गौराको अवसरमा भाद्र २१ गते देउडा गीत प्रतियोगिता रहेको र उक्त प्रतियोगितामा छिमेकी जिल्ला अछाम, कैलालीका देउडेहरुको सहभागिता रहने अध्यक्ष जोशीले बताउनु भयो । त्यस्तै प्रतियोगितामा डोटीका स्थानीय कलाकारहरूको समेत सहभागिता रहने जोशीको भनार्ई छ ।
त्यस्तै परम्परागत रूपमा मनाइने गौरा पर्वको खेलहरू भने भाद्र २२ गते खेलिने, भाद्र २१ गते बिहान देखी २२ गते सम्म विभिन्न संस्कृति कार्यक्रमहरूको आयोजना गरिने, २२ गतेका दिन गमरा सेलाइने कार्यक्रम तय भएको वडा अध्यक्ष जोशीले बताउनु भयो ।
