
डोटी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले प्रदेश सभा ‘ख’मा तिन जनाको नाम सिफारिस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा डोटी जिल्ला ईञ्चार्ज शिब सिंह ओली, प्रदेश कमिटि सदस्यहरु मिनबहादुर घर्तिमगर ‘बिश्व’ र प्रेम कुँवर ‘प्रख्यात’ नाम सिफारिस गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीका जिल्ला संयोजक कमलबहादुर गड्सिलाले जानकारी दिनु भएको छ । माओवादीको राम्रो संगठन रहेको प्रदेश सभा ‘ख’मा तिन जनाको नाम सिफारिस गरिएको हो ।
बिद्यार्थि राजनितीबाट आएका ओली बिद्यार्थि संगठनको केन्द्रीय सदस्य, वाईसिएलको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी सम्हालेका ओेली पार्टीमा माओवादी केन्द्रका जिल्ला सचिब हुँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य र डोटी जिल्ला ईञ्चार्ज समेत रहेका छन् । जिल्ला खेलकुद बिकास समिति डोटीका सफल अध्यक्ष रहेका ओली बिभिन्न सार्बजनिक महत्वका जिम्मेवारीमा रहेर काम गर्दै आएका छन् ।
प्रदेश सभा सदस्यमा सिफारिस भएका मिनबहादुर घर्तिमगर ‘बिश्व’ जनयुद्धकालमा जनमुक्ती सेनाका बटालियन कमाण्डर रहेका घर्तिमगर प्रदेश कमिटि सदस्य र वाईसियलको केन्द्रीय उप–महासचिब रहेका घर्तिमगर सक्रीय राननितीमा रहेका छन् ।


प्रदेश सभामा सिफासि भएका प्रेम कुँवर ‘प्रख्यात’ जनयुद्धमा पुर्णकालिन भूमिगत राजनितिबाट सक्रीय रानजितीमा आएका कुँवर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यदल सदस्य रहेका उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटि सदस्य रहेका छन् ।

प्रदेश सभा ‘ख’मा २०६४ सालको संबिधानको निर्वाचन जितेको यो क्षेत्रमा २०७० सालको निर्वाचनमा पराजय भोगेको भए पनि २०७० सालमा सम्पन्न निर्वाचन क्षेत्रमा सुदूरपश्चिम सरकारका मूख्यमन्त्री त्रिलोचन भट्ट यसै क्षेत्रबाट निर्वाचित भएका हुन ।
