पाँच वर्ष निर्विवाद प्रदेश सरकारको नेतृत्व गरे : मुख्यमन्त्री भट्ट

किरण धामी, डोटी

पाँच वर्ष निर्विवाद प्रदेश सरकारको नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । बिहीबार केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पसको ११ औँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

विभिन्न राजनीतिक तरङ्ग आउँदा अन्य सबै प्रदेशका मुख्यमन्त्री फेरिए पनि सुदूरपश्चिममा त्यसो नभएको उनले बताए । “हामीले सही नेतृत्व दिएका कारणले, राम्रो विकास गरेका कारणले र जनताको भावना अनुसार काम गरेकाले नै हामी पाँच वर्षसम्म नेतृत्व दिन सफल भएका हौँ, मुख्यमन्त्री भट्टले, हामीले हाम्रो नेतृत्व र यहाँका पार्टीलाई धन्यवाद दिएका छौँ ।” हाल सुदूरपश्चिम प्रदेश सरकार नेपाली काँग्रेस सहित तिन पार्टीको सहकार्यमा बनेकाले सबै पार्टीको उद्देश्य विकास गर्ने भएकाले साझा धारण बनाउनु पर्ने मुख्यमन्त्री भट्टको भनाई छ । मुख्यमन्त्री भट्टले आफूले पाँच वर्षमा गरेका कामको मूल्याङ्कन गर्न जनतालाई आग्रह गरे । भित्री मनले गरेको हो भन्ने र बाहिर गरेन भन्ने भन्दा पनि खुलेर अन्यसँग तुलना गर्दै मूल्याङ्कन आग्रह गरेका हुन् ।

Sayalb

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै विश्व विद्यालय सञ्चालन गर्ने भएको छ यसका लागि सुदूरपश्चिमाञ्चल विश्व विद्यालय, सङ्घीय सरकार लगायतका सरोकारवालासँग समन्वय भइरहेको मुख्यमन्त्री भट्टले बताए ।

विद्यार्थीले जागिर पाउनको लागि मात्र नभएर अरूलाई जागिर लगाउने सोच लिएर अध्ययन गर्नुपर्नेमा मुख्यमन्त्री भट्टको जोड थियो । “विद्यार्थी तथा अभिभावहरूको एउटै सोच के हुन्छ भने पढाइ गराउने जागिरको लागि मात्रै मुख्यमन्त्री भट्टले भने, व्यापार, व्यवसायको लागि आफ्नै ठाउँमा केही गर्नको लागि पढ्नु पर्छ ।” सरकारले पर्याप्त मात्रामा रोजगारीको सिर्जना गर्न नसकिरहेको बेला जागिर खानकै लागि मात्रै पढ्ने नभई आफै रोजगार हुने धेयका साथ पढ्नु पर्ने मुख्यमन्त्री भट्टले बताए ।

काठमाडौँमा पढेको डाक्टर ग्रामीण भेगमा आउन मान्दैन यो ठाउँमा आवश्यक भनेकै डाक्टर, इन्जिनियर लगायतको जनशक्ति हो त्यसैले बजारमा आवश्यक जनशक्ति उत्पादन गर्न तिर लाग्नु पर्ने उनले बताए ।

Shaileshwori
Loading...