दार्चुलामा पहिरोमा गरी एक महिला बेपत्ता, दर्जन घर बगे

Sayalb

दार्चुलामा पहिरोमा परि एक महिला बेपत्ता भएकी छन् । नौगाड गाउँपालिकामा वडा नम्बर २ सल्लामा पहिरोमा परि किम्ती ठगुन्ना बेपत्ता स्थानीयले बताएका छन् ।
पहिरोमा परि अरु केही मानिस बेपत्ता भएको आशंका गरिएको छ । शुक्रबार रातिबाट परेको अविरल वर्षाले जिल्लमा ठूलै क्षति गरेको छ ।
दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति र्पुयाएको । स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
बाढीले केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए ।

Shaileshwori
Loading...