सिलगढीमा द्वन्द्वपीडितका कथामा आधारित फोटो प्रदर्शनी

डोटी : डोटीको जिल्ला सदरमुकाम सिलगढीमा फोटो प्रदर्शनी कार्यक्रम राखिएको छ । शनिवार बिहान ७ बजेबाट शैलेश्वरी मन्दिर प्राङ्गणमा अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो । फोटो प्रदर्शनीमा युद्धका जीवित स्मृतिहरू लेखिएका १४ जनाका कथाहरू रहेका छन् ।
विगतका घटनाहरूबाट पाठ सिकेर आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन तथा १० वर्षे द्वन्द्वका बेला भएका घटना र द्वन्द्वको असर के थियो भन्ने कुरा नयाँ पुस्तालाई जानकारी दिनु कार्यक्रमको उद्देश्य रहेको अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले बताए । १० वर्षे द्वन्द्वका बेला आफू जस्ता कैयौँले भोगेका कुराहरूलाई बाहिर ल्याउँदा न्यायको खोजीमा हिँडिरहेका द्वन्द्वपिडितहरुलाइ साहस मिल्ने उनले बताए ।
Sayalb
कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको फोटो प्रदर्शनी कार्यक्रम शनिवार डोटीमा राखिएको हो । सुर्खेत, कालिकोट, अछाम हुँदै डोटीको पुगेको पहिलो चरणको फोटो प्रदर्शनी यात्रा डडेलधुरा कञ्चनपुर हुँदै कैलालीको धनगढी पुगेर अन्त्य हुने अध्यक्ष खत्रीले बताए । सिलगढीको फोटो प्रदर्शनी कार्यक्रम दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ ।
 
Shaileshwori
Loading...