अखिल क्रान्तिकारीले गर्यो स्वास्थ्य शिविर सञ्चालन

डोटी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डोटीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्ला अस्पताल डोटीको सहयोगमा अखिल (क्रान्तिकारी )डोटीले श्री सहिद स्मृति आवासीय माद्यामीक विद्यालय राजपुर डोटीमा स्वास्थ्य शिविर सन्चालन गरेको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गराउने उदेश्यले शिविरको आयोजना गरिएको अखिल (क्रान्तिकारी ) केन्द्रीय सदस्य गणेश बमले बताए । शिविर कार्यक्रमको अध्यक्षता अखिल (क्रान्तिकारी ) डोटीका अध्यक्ष प्रकाश जोशीले गरेका थिए ।

Sayalb

कार्यक्रमको प्रमुख अतिथी सेती प्रादेशिक अस्पताल व्यवस्थापन सदस्य डिल्लिराज भट्ट, विशिस्ट अतिथि अखिल(क्रान्तिकारी ) का केन्द्रिय सदस्य गणेश बम, जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन श्रेष्ठ तथा विद्यालयका प्राधानाध्यापक प्रमानन्द जोशी रहेका थिए । शिविरमा विद्यालयका विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ ।

Shaileshwori
Bolpatra
Loading...