नेपाली सेनाले बोगटानमा हेलिप्याड निर्माण गर्ने

Sayalb

भैरव प्रशाद गण सिलगढी डोटीले बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा हेलिप्याड निमार्ण गर्ने भएको छ । प्राकृतिक बिपद् तथा आपतकालिन समयमा हेलिकोप्टर मार्फत गर्नु पर्ने उद्धार,उपचार र त्यहाँ उपचार सम्भब नभएका सुत्केरी महिलाको थप उपचारका लागी हेलिकोप्टर मार्फत बाहिर लैजानु पर्ने कार्यलाई मध्यनजर गर्दै हेलिप्याड बनाईने भैरब प्रशाद गणका गणपती जनमत कार्कीले जानकारी दिए ।
हेलिप्याड निर्माणका लागी बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला र भैरब प्रशाद गण सिलगढीका प्रमुख जनमत कार्कीका बिचमा आज भएको छलफलले हेलिप्याड निमार्णका लागी आबश्यक पर्ने जमिन गाउँपालिकाले उपलब्ध गराउने र नेपाली सेनाले निमार्ण गर्ने समजदारी भएको छ ।
जिल्लाको सदरमुकाम देखी दुर्गम गाउँपालिका रहेको बोगटान फुड्सिल गाउँपालिकामा हेलिप्याड निमार्ण हुन लागेको हो । पाँच लाखको लागतमा बन्ने उक्त हेलिप्याड यसै आर्थिक बर्ष भित्र बन्ने भैरव प्रशादगणले जानकारी दिएको छ । हेलिप्याड निमार्ण हुने बिषय बोगटान फुड्सिल गाउँपालिकाका लागी खुसीको बिषय भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।

Shaileshwori
Loading...