Before Header
After Navigation

बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता 

डोटी :  बाल दिवसका अवसरमा दिपायल सिलगढी नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । बाल दिवसको पुर्वशन्ध्यामा विद्यार्थीको अन्तर्निहित क्षमता प्रस्फुटन गर्ने र बोल्ने क्षमताको विकास गर्ने उद्देश्यले विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम गरिएको हो । दिपायल सिलगढी नगरपालिकाको आयोजना र सम विकास केन्द्र (इडिसी),  सामुदायिक विकास केन्द्र (सिडिसी), वर्ल्ड भिजन, गुड नेवर्स, सम  लगायतका संस्थाको सहयोगमा कार्यक्रम गरिएको हो ।
Sagan sahari bhawan nirman aayojana
पद्म पब्लिक मुक्ति नारायण माद्यामिक विद्यालय सिलगढीमा सम्पन्न भएको कार्यक्रमको सभापति सोही विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिद्ध राज जोशी, प्रमुख अतिथि शिक्षा शाखा प्रमुख लक्ष्मी राज ओझा,विशिष्ट अतिथि सम विकास केन्द्र नेपालका कार्यक्रम अधिकृत शङ्कर बहादुर विक रहेका थिए । नगरपालिकाका ११ वटा विद्यालयको सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, साझेदार संस्थाका प्रतिनिधि विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पवित्र माद्यामिक विद्यालयका तुलाराम ढाट प्रथम भएका छन् । त्यस्तै दिल्पेश्वर माद्यामिक विद्यालयका प्रतिमा खड्का दृतिय, भागरती एकेडेमीका अवि विष्ट तृतीय र तेडि माद्यामिक विद्यालयका सन्तोष साउद सान्त्वना भएका छन् ।  बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मूल नाराका साथ भोलि भाद्र २९ गते  (बुधवार) ५८ औँ राष्ट्रिय बाल दिवस मनाउँदै छ । यी संस्थाले भोलि सिलगढी र शिखर नगरपालिकामा पनि दिवस मनाउँदै छन् ।
Shaileshwori
Loading...