
सिलगढी : डोटी जिल्लामा भिरबाट लडेर एक जना वृद्धा गम्भीर घाइते हुनुभएको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर ३ देकुरालीकी ६० वर्षीया पवि सार्की सोमबार साँझ ४ बजेर तिर लडेर घाइते भएकी हुन् ।

कालागाडबाट घर जाने क्रममा उनी लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी राज जोशीले बताए । प्रहरी निरीक्षक जोशीका अनुसार घाइते वृद्धाको टाउको र घाँटीमा चोट लागेको छ ।
भिरबाट लडेर करिब २ सय मिटर तल खसी गम्भीर घाइते भएकी उनलाई उपचारका लागि राजपुरमा रहेको सुजङ्ग अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्यहाँबाट डडेलधुरा अस्पताल रिफर गरिएको छ । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ ।
