दिपायल सिलगढीमा मनाइयो बाल दिवस

Sayalb
डबल बम, डोटी
दिपायल सिलगढी नगरपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विभिन्न संघसंस्थाहरुको सहयोगमा नगरपालिकाले बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मूल नाराका साथ बाल दिवस विविध कार्यक्रम गरी मनाएको छ । पालिका परिक्रमा गर्दै सिलगढी स्थित टुँडिखेलमा एक औपचारिक कार्यक्रम गरी दिवस मनाइएको हो ।
नगर परिक्रमा गर्ने क्रममा संम्वर्ध्दन बाल अधिकारको  कार्यान्वयन संविधानको, बाल अधिकार : सबैको सरोकार, हामी सबैको रहर : बालमैत्री गाउँ सहर लगायतका नारा लगाइएका थिए । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले मनोरञ्जन, शिक्षा, पालन पोषण, शारीरिक, मानसिक तथा बालबालिकाको उज्ज्वल भविष्यको लागि सम्पूर्ण अभिभावक तथा नागरिकले लाग्नुपर्ने बताइन् ।
कार्यक्रमका अध्यक्ष तथा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिँ खड्काले समाजमा अझै पनि छोरीलाई विद्यालय नपठाउने, घरायसी कामकाजमा मात्र लगाउने सोच विद्यमान रहेकोले यस्तो कुरा दुखद रहेको बताए । उनले बालबालिका भविष्यका कर्णदार भएकाले उनीहरूको शिक्षा, स्वास्थ्य, पालनपोषणका कुरामा सबैले जोडनुपर्ने बताए । हिजो मंगलबार दिवसको अवसरमा वक्तृत्वकला र बुधवार सांस्कृतिक कार्यक्रम गरिएको छ ।  सांस्कृतिक कार्यक्रममा नृत्यका साथै जनचेतनामूलक गीत प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा सम विकास केन्द्र नेपाल डोटी, सामुदायिक विकास केन्द्र नेपाल डोटी, युएसएसबिएम, एनएडिएसडब्लु, फेडो र स्वर्श नेपालको सहयोग रहेको थियो । साथै वक्तृत्वकलाका विजेता विद्यालयका विद्यार्थीलाई प्रमाणपत्र, झोला प्रदान गरिएको छ ।
Shaileshwori
Loading...