
मोहन ठकुल्ला, डोटी
डाेटीमा म्याद नागेका ७६ हजार चार सय ७१ रुपैयाँ बराबरका सामानहरू नष्ट गरिएको छ । बिहिवार जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ वायल बजार अनुगमनका क्रममा म्याद नाघेका उक्त मुल्य बराबरका विभिन्न सामान बरामद गरिएको थियो ।

खाद्य प्रविधि कार्यालय, नापताैल तथा गुणस्तर कार्यालय, घरेलु तथा साना उद्याेग कार्यालय, स्वास्थ कार्यालय, उद्याेग वाणिज्य संघ र के.आई.सिंह गाउँपालिकाका कर्मचारी प्रतिनिधिकाे टोलीले संयुक्त रुपमा बजार अनुगमन गरि बरामद गरेको समान शनिबार नष्ट गरिएको डाेटी जिल्ला प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए ।
१४ वटा पसल अनुगानकाे क्रममा उक्त मुल्य बराबरका सामान बरामद गरिएको थियो । नष्ट गरेका खाद्यान्न सामानहरूमा चाउमिन, वियर, चिया, साबुन, तेल जिरा, छुर्पी, मसला, चटपटे, सनफलावर लगायतका छन् ।
व्यापारीहरूलाई सचेत गराउनुका साथै दशै तिहारलाई लक्ष्यित गर्दै डाेटीका सबै स्थानिय तथा सहरी र ग्रामीण क्षेत्रमा अनुगमन कार्य जारी राख्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् ।
डाेटीका बजारहर एक/एक महिनाको अन्तरमा अनुगमन गरिने अनुगमन टोलीले बताएको छ ।
