Before Header
After Navigation

मेल्लेखमा लाइसेन्स भएका शिक्षकका लागि अनुदान कोटा 

लाल बहादुर चदारा
असोज २, अछाम 
अछामको मेल्लेख गाउँपालिकाले  शिक्षक अध्यापन अनुमति पत्र परीक्षा उत्तीर्ण  भएका शिक्षकहरूका लागि सृजना गरेको अनुदान कोटालाई निरन्तरता दिने भएको छ ।  गाउँपालिका आन्तरिक स्रोत बाट नियुक्ति भई अनुदान कोटामा रहेका अधिकांश शिक्षक  अध्यापन अनुमति पत्र नभएका रहेका थिए ।
गाउँपालिकाले अनुदान कोटा सृजना गरेपछि लामो समय सम्म शिक्षण गरिरहेका शिक्षकहरूलाई विद्यालयले अनुदान कोटामा रहेर  शिक्षण गर्नुपर्ने निर्णय गरेका थिए ।  सरकारले  शिक्षकका लागि अध्यापन अनुमति पत्र अनिवार्य भने पछि गाउँपालिकाले  अध्यापन अनुमति पत्र पत्र नभएका शिक्षकहरूलाई साउन १ गते बाट हटाउने निर्णय गरेको थियो ।
शिक्षक सेवा आयोगको नतिजा आउँदासम्म अनुदान कोटा व्यवस्थापनमा कुरेको  गाउँपालिकाले भरखरै सार्वजनिक भएको अध्यापन अनुमति पत्रको परीक्षामा उत्तीर्ण  भएका  शिक्षकहरूलाई गाउँपालिकाको अनुदान कोटामा रहेका  शिक्षकका लागि  सोही विद्यालयमा निरन्तरता दिने  निर्णय गरेको छ । अन्य शिक्षकको हकमा भने आवश्यकताको आधारमा  गाउँपालिकाको, विद्यालय अध्ययन समितिको प्रतिवेदन अनुसार थप कार्यविधि तयार गरी  तुरुन्तै अनुदान कोटामा विज्ञापन गरिने मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताए । अध्यापन अनुमति पत्रको नतिजामा सफल भएका र यश अघि कार्यरत  सम्बन्धित विद्यालयका शिक्षकहरूलाई अध्यापन अनुमति पत्र सहित आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरू गाउँपालिकामा पेस गर्न पनि उनले आग्रह गरे ।
Sagan sahari bhawan nirman aayojana
Shaileshwori
Loading...