Before Header
After Navigation

अखिल क्रान्तिकारीले संविधान दिवसको अवसरमा बगलेक सरसफाइ गर्‍यो

डबल बम, डोटी
माओवादी केन्द्र निकट अनेरास्ववियू अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठन डोटीले ८ औँ संविधान दिवस सरसफाइ गरेर मनाएको छ । दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) डोटीले आन्तरिक पर्यटकको रोजाइमा पर्न सफल जिल्लाको बगलेक अर्थात् मिनी खप्तडको सरसफाइ गरेको छ । “जथाभाबी प्लास्टिक सिसा तथा फोहोर नफालौँ पर्यावरणीय सौन्दर्य लाइ रक्षा गरौँ” भन्ने नारा बोकी देशको मूल कानुन संविधान दिवसको दिन पर्यटकीय क्षेत्र बगलेकको सरसफाइ गरेको अखिल (क्रान्तिकारी) डोटीका अध्यक्ष प्रकाश जोशीले बताए ।

 

खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार बगलेक (मिनी खप्तड) फोहर देखिँदा आन्तरिक तथा बाह्य पर्यटकमा नराम्रो प्रभाव पर्ने हुँदा कान्तिकारीले गरेको सरसफाइ कार्यक्रम राम्रो भएको माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेश सदस्य गीता सोप नेपालीले बताइन् । उनले कुनै विशेष दिन पारेर मात्रै नभई प्रत्यक्ष नागरिकलाई लाभ हुने कार्य सधैँ गरिरहन अखिल (क्रान्तिकारी) लाई सुझाव दिइन् ।
प्राकृतिक सम्पदा मात्र नभई सांस्कृतिक सम्पदा बचाउका लागि पनि क्रान्तिकारी लाग्नुपर्ने माओवादी केन्द्र दिपायल सिलगढी नगरपालिकाका कमिटी अध्यक्ष अशोक शोपले बताए ।
Sagan sahari bhawan nirman aayojana
लामो सङ्घर्ष पछि नेपाली जनताले पाएको संविधान र संविधान प्राप्त गर्नको लागि ज्यानको बलिदान दिएका वीर सहिदको सपना साकार पार्न अखिल क्रान्तिकारी सधैँ लागि रहने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य गणेश बमले बताए । जनतासँग जोडिन जाने कार्यक्रम हिजोको दिनमा पनि अखिल क्रान्तिकारीले गरेको र आगामी दिनमा पनि गरिरहने बमले बताए ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रकाश जोशीले केही दिन अगाडि विद्यार्थीको स्वास्थ्य चेकजाँच गरेको जानकारी दिँदै आज सरसफाइ कार्यक्रम गरेको बताए । अब, मठ मन्दिर सरसफाइ तथा फोहर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था लगायतका कार्य गर्ने बताए ।
Shaileshwori
Loading...