नेपाली सेनाले गर्‍यो रगत अभावमा छटपटिएकी बालिकाका लागी रक्तदान

सुवास नेपाली 
डोटी ,असोज ३
रगत अभावका कारण ज्यान जोखिममा रहेकी एक बालिकाको लागी नेपाली सेनाका जवानले गरेको रक्तदान गरेका छन् । आदर्श गाउँपालिका वडा नं ४ देहिमाण्डौकि १५ वर्षीया  सरिता विष्टको नेपाली सेनाको भैरव प्रसाद गणका जवान कमल खनालले रक्तदान गरेका हुन ।
विगत ६ दिन अघि शरीर पहेँलो देखिएको र गाउँमै स्थानीय वैद्यले जन्डिस भएको र झारफुक र मुख बार्नु पर्ने बताए सँगै झारफुक गर्दा पनि सन्चो नभए पछि स्थानीय स्वास्थ्य संस्थामा चेकजाँच गराउँदा रगतको कमी भएको हुँदा जिल्ला अस्पताल डोटीमा लैजानु पर्ने सल्लाह बमोजिम यहाँ ल्याइएको विष्टका भतिजा दिल विष्टले बताउनुभयो ।
Sayalb
आज जिल्ला अस्पताल डोटीको आकस्मिक कक्षमा भर्ना भएकी विष्टको ए पोजेटिभ रगत अभावमा उपचार प्रभावित भएको र रगतका लागी भैरव प्रसाद गणमा जानकारी प्राप्त  भए पछि रक्तदानका लागी खनाललाई पठाइएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले बताउनुभयो ।
समयमै रगत प्राप्त भए पछि बिरामीका आफ्ना खुसी भएका छन् । पछिल्लो समय नागरिकको जीवन रक्षाका लागी नेपाली सेनाको भैरव प्रसाद गण डोटीले विभिन्न समयमा हुने दैवी प्रकोपका घटना तथा दुर्घटनामा परेकाहरूको मानवीय समवेदनालाई ख्यालमा राखी सेवामा तल्लीन रहेको छ।
Shaileshwori
Loading...