

डबल बम, डोटी
डोटीको के.आइ.सिंह गाउँपालिका वडा नम्बर ५ राना गाउँले संविधान दिवस लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।
लैङ्गिक असमानतालाई समान बनाउन तथा राज्यका हरेक निकायमा महिला सहभागिता बढाउन महिलालाई अझ सशक्त बनाउनुका साथै आगामी योजना तर्जुमा तथा परियोजनामा महिला सहभागिता बढाउनु पर्ने गाउँ कार्यपालिका सदस्य तथा उक्त कार्यक्रमका प्रमुख अतिथि नरिभान लुहारले बताए ।
वडा अध्यक्ष दुर्गा सिंह रावलले गाउँपालिकाले पारित गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी नीतिलाई पुर्णरुपमा छिट्टै लागू गरी महिलाको सहभागिता तथा लैङ्गिक असमानता हटाउने बताए । साथै छाउपडी तथा छुवाछूत प्रथालाई अन्त्य गर्न सबैले लाग्नुपर्ने बताए ।
उक्त वडाका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, स्वयंसेविका, बन समूह, आमा समूह तथा विभिन्न विद्यालय शिक्षक शिक्षिकाको कार्यक्रममा सहभागिता रहेको थियो । वडा अध्यक्ष र गाउँ कार्यपालिकाका सदस्यको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
