अखिल ( क्रान्तिकारी ) दिसिनपाको अध्यक्षमा भीष्म भट्ट

 डोटी : अखिल ( क्रान्तिकारी ) डोटीले दिपायल सिलगढी नगरपालिकामा नगर कमिटी गठन गरेको छ । नगर कमिटी अध्यक्षमा भिस्म भट्ट सर्ब सम्मत चयन भएको अखिल क्रान्तिकारी डोटीका अध्यक्ष प्रकाश जैशीले बताए । कमिटीको उपाध्यक्षमा सुरेस नेपाली, मनोज बिक, सचीवमा दिब्य सिंह, सह सचीवमा दिपक सिंह ठकुरी, बसन्ती बिक, कोषाध्यक्षमा तुल्छी बिस्ट चयन भएका छन् ।

Sayalb

नगर कमिटी २५ सदस्यीय बनाइएको नब निर्वाचित नगर अध्यक्ष भट्टले बताए । जिल्ला कमिटी डोटीका अध्यक्ष प्रकाश जैशीको अध्यक्षता, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अशोक कुमार सोपको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा धनगढी उपमहानगर कमिटी सदस्य डिल्लिराज भट्ट, क्रान्तिकारी नगर अध्यक्ष सुनिता थापा, वर्डा नम्बर ४ कमिटी अध्यक्ष हिरा बिक लगायत बिभिन्ना विद्यालयका प्रतिनिधि विद्यार्थीको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...