शिखरमा मुक्त हलिया सञ्जाल गठन, अध्यक्षमा कृष्णबहादुर कामी

डोटी : शिखर नगरपालिकामा कृष्ण बहादुर कामीको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय मुक्त हलिया सञ्जाल पुनर्गठन गरिएको छ । सम विकास केन्द्र (इडिसी) को सहयोग र मुक्त हलिया समाज डोटी जिल्लाकाे समन्वयमा सञ्जाल गठन गरिएको ईडिसीका कार्यक्रम संयोजक शंकर विकले बताए ।

Sayalb

सञ्जालको उपाध्यक्षमा मञ्जु देवि लुहार, सचिवमा गौरी ताम्राकार, सहसचिवमा मिना पार्की र कोषाध्यक्षमा गौरी कामी चयन भएका छन् । त्यस्तै सदस्यमा राधिका पार्की, जयराम भूल, मोहन विक, योगेन्द्र विक, बिस्ना कामी र कृष्ण विक चयन भएका छन् ।

यस्तै राम बहादुर दमाईको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितीको सदस्यमा रतन विक, माया विक, कृष्ण विक र शेर बहादुर कोली रहेका छन् ।

Shaileshwori
Loading...