
डोटी : सायल गाउँपालिकामा कल्पना नागरिको अध्यक्षतामा नौँ सदस्यीय पालिका स्तरीय मुक्त हलिया सञ्जाल पुनर्गठन गरिएको छ । सम विकास केन्द्र (इडिसी) को सहयोग र मुक्त हलिया समाज डोटी जिल्लाकाे समन्वयमा सञ्जाल पुनर्गठन गरिएको ईडिसीका कार्यक्रम संयोजक शंकर विकले बताए ।

सञ्जालको सचिवमा सुरेश विक, कोषाध्यक्षमा उजली भूल चयन भएका छन् । त्यस्तै सदस्यमा पठान विक, जंग भूल, बाटु दमाई, रम्भा नागरी, मनिषा विक र लक्ष्मी भूल चयन भएका छन् ।
यस्तै डम्बर विकको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितीको सदस्यमा प्रकाश नागरी र गणेश विक रहेका छन् ।
