३ दिने उद्यमशीलता विकास तालिम सुरु

डोटी : डोटीमा ३ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ । मुक्त हलिया परिवारको आर्थिक उन्नति र सबलीकरण गर्ने उद्देश्यले एक्सन एडको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले ३ दिने तालिम सुरु गरेको हो । तालिममा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र सायल गाउँपालिकाका ३६ जनाको सहभागिता रहेको सम विकास केन्द्रका कार्यक्रम संयोजक सङ्कर विकले जानकारी दिए ।
Sayalb
तालिममा दिपायल सिलगढी नगरपालिकाका १० जना, शिखर नगरपालिकाका २० जना र सायल गाउँपालिकाका ६ जना सहभागी छन् ।दिपायलको वर्षा होटेलमा आइतबार सुरु भएको तालिम मङ्गलवार सम्म सञ्चालन हुने छ ।
Shaileshwori
Loading...