
मोहन ठकुल्ला, डोटी
सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले पत्रकार सम्मेलनको आयोजना गरेको छ । बुधवार पत्रकार सम्मेलन गर्दै समितिले गैरा गाउँ काँडामान्डौ सिलगढी खानेपानी तथा सरसफाइ आयोजनाको १५० दिन सम्म भएका गतिविधि सार्वजनिक गरेको छ ।

रु १० करोड ४९ लाख लगानीमा निर्माण सम्पन्न हुने खानेपानी आयोजनाको पानी ६ महिनामा सिलगढी पुग्ने समितिका अध्यक्ष जगत् बहादुर खड्काले बताए । उक्त खानेपानी दिपायल सिलगढी नगरपालिका वडा न ५, ६, र ७ मा वितरण हुने पनि उनले बताए ।
समितिको कुल बक्यौता रकम रु. ३४ लाख रहेको छ । भाद्र २९ गते सम्म दस लाख उठेको र २८ लाख उठाउन बाकी रहेको खानेपानी समितिले जनाएको छ । समितिसँग सफ्टवेयर सेवा, वाटर माक, बिलिङ, सम्बन्धी सेवा रहेको छ ।
