
मोहन ठकुल्ला, डोटी
सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले के.आइ.सिंह गाउँपालिका वडा नम्बर ४ वायलको लस्करमा बाख्रा वितरण गरेको छ । युराेपियन युनियन तथा डिसिएकाे आर्थिक सहयाेगमा इडिसिले लस्करमा बुधबार बाख्रा वितरण गरेको कार्यक्रम संयाेजक महेश परियारले जानकारी दिए ।

परिवर्तन परियाेजना लागू भएको लस्करको हरियाली नागरिक समाजकाे ६५ घरदुरीलाई पहिलाे र दाेस्राे चरण गरि २५७ बाख्रा र दुई बाेका वितरण गरिएको परियारले बताए ।
गरिब, दलित, सिमान्तकृत समुदायकाे आर्थिक विकासकाे लागि सहयाेग पुगाेस् भन्ने हेतुले बाख्रा वितरण गरिएको हाे । विशेष गरेर गरिब, सिमान्तकृत तथा एक्कल महिलालाई प्राथमिकतामा राखेर बाख्रा वितरण गरिएको इडिसीले जनाएको छ । सित्तैमा बाख्रा पाएपछि समुहका सदस्यले सुखी व्यक्त गरेका छन् । बाख्रा प्राप्त गरिसकेपछि इडिसीलाइ धन्यवाद दिँदै बाख्राबाट जीवन व्यवसायीक बन्न मद्दत पुग्ने पुस्पा नेपालीले बताइन । वितरण गरिएका बाख्रा स्थानिय खरि जातका हुन् ।
