सेनाले गाट्यो लिङ्गे पिङ

सुबास नेपाली
डोटी, असोज १२

नेपालीहरुको महान चाडैं बिजया दशमी तथा शुभ दिपावलिको उपलक्ष्यमा डोटी जिल्लाको सदरमुकाम सिलगढिमा लिङ्गे पिङ गाटिएको छ।

डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणद्वारा स्थानिय टुडिखेलमा लिङ्गे पिङ गाटिएको हो।

Sayalb

पछिल्लो समय युवापुस्ताले पुराना रितिरिवाजमा खासै चासो नदिई आधुनिक खेल तर्फ आकर्षित भएका कारण हाम्रा कला ,संस्कृति लोप अवस्थामा पुगेको र त्यसलाई जोगाउन हामी सबैको कर्तब्य हुने भन्दै त्यस मध्ये लिङ पिङको आफ्नै महत्व रहेको हुँदा त्यस तर्फ नेपाली सेनाको ध्यानाकर्षण भएको भैरव गणका गणपति जन्मत बहादुर कार्किले बताउनु भयो।

सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियो र बाबियोको डोरी बनाउने मानिसको अभाव रहेको छ।

गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म शहर बजार आसपासमा पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ । त्यसको संरक्षण र सम्बर्द्धनमा सबै सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ।

वर्षमा एक पटक भुइँ छोडनु पर्ने नेपाली परम्परा अनुसार पिङ केल्ने प्रचलन रहदै आएको छ।

Shaileshwori
Loading...