के.आई.सिंहमा जङ्गली बँदेलको आतङ्क 

मोहन ठकुल्ला, डोटी
डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ६ मा जङ्गली बँदेलले भित्राउने बेला धान खान थालेपछि स्थानीय हैरान भएका छन् । गाउँपालिकाको भाटगाउँ तल्ला बेत्तामा रातिको समयमा जङ्गली बँदेलले धान बाली खाने गरेको स्थानीयले बताएका छन् । पाक्न लागेको धान वाली बदेंलले एकै रातमा नष्ट गरिदिँदा किसानहरू चिन्तामा परेको  स्थानीय तारा भाटले बताए ।
Sayalb
लगाएको धान बालीलाई वन्यजन्तुबाट जोगाउन कृषकहरू रातभर जागराम  बस्ने गरेका छन् । वर्ष भरिको मेहनतबाट हुर्केको बाली भित्राउने समयमा बँदेलले खान थालेपछि रात भर खेतमा बस्नु पर्ने किसानको बाध्यता छ । दिउँसो बाँदर र रातिको बेला बँदेलले धान बाली खाने गरेको अर्का स्थानीय शिवराज भाटले बताए । बँदेल धपाउनका लागि रातभर नसुतेर बसे पनि धान बाली जोगाउन नसकिएको उनको भनाई रहेको छ ।
भाटगाउँ, भिताडि लगायत अन्य वडा नम्बर ७ का क्षेत्रमा समेत बँदेलले धान बाली मा ठुलो क्षति पु¥याएको छ ।  बँदेल नियन्त्रणको लागि केही ठाउँहरूमा किसानलाई “फायर गन“ वितरण गरेको  वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद जैसीले बताए ।  यो विषयमा गाउँपालिकालाई जानकारी गराए पनि आजसम्म कुनै पहल नगरेको उनले बताए ।
  
Shaileshwori
Loading...