

डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । शुक्रवार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले एक सूचना जारी गर्दै यही कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाई मा हातहतियार बुझाउन अनुरोध गर्नुभएको छ ।
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरू बुझाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।
निर्वाचन सम्पन्न भएको एक हप्तापछि हतियार धनीलाई नै फिर्ता गरिने प्रशासनले जनाएको छ ।

