वाइसियलले बुझायो जिल्ला प्रशासन कार्यालय डोटीलाई ज्ञापन पत्र 

डबल बम, डोटी
नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग नेपाल वाइसियल जिल्ला कमिटी डोटीले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय डोटीलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार जिल्ला संयोजक विशाल कुमार बरालद्वारा हस्ताक्षरित ज्ञापन पत्र वाइसियलले  प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई बुझाएको हो ।
चाड पर्वको बेला दैनिक उपभाग्यका सामानमा हुन सक्ने मूल्यवृद्धि, सवारीसाधनको भाडामा हुनसक्ने वृद्धि नियमन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई दसैँ दिवपालिको शुभकामना सहित ज्ञापन पत्र बुझाएको डोटी  जिल्ला वाईसियलका संयोजक विशाल कुमार बरालले बताए ।
Sayalb
उक्त ज्ञापन पत्रमा भनिएको छ “चाँडवाँडको मौका छोपी विभिन्न चिजबस्तुहरुको  कृत्रिम अभाव सृजना गरी हुने महँगी, कालोबजारी, अनियमितता, यातायात भाडा दर वृद्धि, यात्रुलाई हुने सास्ती, गुणस्तर हीन तथा म्याद गुज्रिएका चिज बस्तुको बिक्री वितरणमा परि सर्वसाधारण जनता सिकार भइरहेकाले जनताका जन जीविकाका सवालहरू सुव्यवस्थित नभएको जन गुनासो प्रति वाईसीएल डोटी जिल्ला समन्वय समिति, पालिका समितिको ध्यानाकर्षण भयको छ । वाईसीएल नेपाल डोटी जिल्ला समन्वय समिति, पालिका समितिले औँल्याएका विषयवस्तु प्रति यहाँले समेत गम्भीरताका साथ ध्यानाकर्षण गर्दै अनुगमन, न्यूनीकरण र नियन्त्रणका लागि हाम्रो सङ्गठन जोडदार माग सहित यो ज्ञापन पत्र पेस गर्दछ ।”
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले माग गरिएको विषयवस्तु समय सान्दर्भिक रहेको भन्दै यो विषयमा जतिसक्दो ध्यान दिने बताइन् ।  योङ्ग कम्युनिस्ट लिग नेपाल वाइसियल सुदूरपश्चिम प्रदेश कमिटीले सात नम्बर प्रदेश भित्रका हरेक जिल्लाका सम्पूर्ण स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ ।
Shaileshwori
Loading...