Before Header
After Navigation

डोटीमा संघ र प्रदेशमा गरी १४ जनाको उम्मेदवारी दर्ता

एक मात्र प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा प्रतिनिधि सभामा ६ जनाको उम्मेदवारी परेको छ । राजनैतिक दलबाट चार जना र स्वतन्त्र दुई जनागरी उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तागठबन्धनका तर्फबाट एकिकृत समाजवादीका नेता पुर्ब मन्त्री प्रेमबहादुर आलेमगर, एमालेबाट गौरी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी अंक खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी केशब खड्का र स्वतन्त्रबाट नरेन्द्रबहादुर खड्का र राजप्रशाद जोशीले उम्मेदवारी दर्ता गरिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रदेश सभा ‘क’मा पाँच जना र ‘ख’मा तिन पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभा ‘क’ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस डोटी सभापती नरेन्द्र सिंह, एमाले डोटी अध्यक्ष चक्र मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेत्र नाथ, हाम्रो नेपाल पार्टी शैलेन्द्र खड्का,जसपाबाट कलावती श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा ‘ख’ तर्फ गठबन्धनका तर्फबाट माओवादी डोटी ईञ्चार्ज शिब सिं ओली, एमालेबाट टेकबहादुर बम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहन बमले उम्मेदवारी दर्ता गराएका छन् ।

Sagan sahari bhawan nirman aayojana
गठबन्धनका उम्मेदवारहरु
Shaileshwori
Loading...