
डोटी : डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलमबहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

गाउँपालिकाको वडा नम्बर ३ नानाकोटस्थित दाजुको घरबाट गत बुधवार दसैँको टिका थापी घर फर्किने क्रममा उनी बेपत्ता भएका थिए । उनको शव खोलामा सडिगलेको अवस्थामा फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
