
डोटी : देशमा अग्रगमन र प्रतिगमन गरी दुई धुर्ब देखिएको डोटी प्रदेश सभा ‘ख’ का उम्मेदवार माओवादी केन्द्रका नेता शिव सिंह वलीले बताएका छन् । देशमा प्राप्त उपलब्धिहरूलाई कार्यान्वयन तथा संस्थागत गर्ने र जनतामा निहित अधिकार स्थापित गर्ने शक्तिको रूपमा लोकतान्त्रिक बाम गठबन्धन रहेको उनले बताएका छन् ।

देश र जनताको आवश्यकता गठबन्धन भएकाले देशभरिका गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी रहेको नेता वलीले बताए । डोटीको समग्र विकासमा गठबन्धन प्रतिबद्ध रहने र जनताको भावना अनुसार काम गर्ने उनले बताए । गठबन्धन सफल पार्न माओवादी केन्द्र डोटीले सर्कुलर जारी गरिसकेको उनले बताए ।
