
डोटी : लोकतान्त्रिक बाम गठबन्धन डोटीले संयुक्त विज्ञप्ति जारी गरेको छ । बुधवार दिपायल स्थिति होटेल घटालमा पत्रकार सम्मेलनको आयोजना गठबन्धनले विज्ञप्ति सार्वजनिक गरेको छ । गठबन्धनमा रहेका चार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन् ।

नेता तथा कार्यकर्ताले गठबन्धनको आचार संहिता पालना नगरेमा कारबाही हुने भएको छ । लोकतान्त्रिक बाम गठबन्धन दलहरूका केन्द्रीय समिति तथा मातहतका निकायहरुद्धारा निर्मित आचार संहिताको उलङ्घन गरेको खण्डमा गठबन्धन दलका जुनसुकै नेता कार्यकर्ताहरूलाई कडा कारबाही गरिने छ, विज्ञप्तिमा भनिएको छ । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन विज्ञप्ति मार्फत पार्टीका भादृ, जनवर्गिय सङ्घ सङ्गठनलाई आग्रह गरिएको छ ।


नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द्र सिंह, नेकपा (माओवादी केन्द्र) डोटीका संयोजक कमल बहादुर गडसिला, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष दिर्घराज बोगटी र राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

