
सुवास नेपाली, डोटी
लगातार परेको अबिरल वर्षाका कारण अबरुद्ध रहेका विभिन्न ग्रामीण सडकहरु नेपाली सेनाले खुलाएको छ।
डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गण विपत ब्यावस्थापन टोलीले दिपायल सिलगढि नगरपालिका वडा नं ९ को स्वाडा,मछेन्तोला,गुडे,खेरकाट्या,कलेना प्याटी हुदै सिलगढी बजार सम्म को सडक अवरुद्ध रहेको सडक खुलाएको गणपति जन्मत बहादुर कार्कीले बताउनुभयो ।
त्यसै गरि लगातार परेको वर्षाका कारण सिलगढि- साफे जोडने पहलमान सिंह स्वर राजमार्ग अन्तरगत उडितोलामा सडक माथिबाट आएको पहिरोले अबरुद्ध भएको सडक, दिपायल सिलगढी नगरपालिका वडा नं ७ को पाकरी कुन्जेडि गोदाडा जाने सडक ,डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं ४ राजपुर हुदै के.आइ.सिह गाउँपालिका जोडने सडक पनि भैरव प्रसाद गणको बिपत व्यवस्थापन टोलीले सुचारु गरेको छ।

सडक अबरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको खरिद तथा बिक्री र अन्य सेवा सुविधा बाट बन्चित हुनुका साथै दैनिक आवतजावतमा धेरै कठिनाइ भएको थियो।
यसरी सेनाले अबरुद्ध सडक सुचारु गरिदिए पछि स्थानीयहरुको दैनिकीमा सहजता आउनुका साथै स्थानीय खुसि भएका छन।
वर्षाका कारण करिब ५ हजार उपभोक्ता रहेको दिपायल सिलगढि नगरपालिका वडा नम्बर -७ उँडितोलामा पहिरोले क्षति पुर्याएको खानेपानीको पाइपलाइन पनि नेपाली सेनाले मर्मत गरिरहेको छ भने वडा नं ५ का बागठाटा लेकठाटा,धामीगाउ,पुन्ना, बजगाउ लगायतका बस्तीमा आउने पानीको पाइपलाइन मर्मत गर्ने भएको छ।
