Before Header
After Navigation

डोटीमा झुन्डिएको अवस्थामा एक बालिकाको शव फेला

मोहन ठकुल्ला, डोटी
डोटीमा झुन्डिएको अवस्थामा १४ वर्षीया बालिकाको शव फेला  परेको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ६ भाटी  गाउँका धर्मराज भाटकी छोरी इन्द्रा भाटको शव फेला परेको प्रहरीले जनाएको छ ।

Sagan sahari bhawan nirman aayojana

उक्त लास फेला परेको जिल्ला प्रहरीले कार्यालय डोटीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी भोला कुमार भट्टका अनुसार विहिरवार दिउँसो २ बजे घर नजिकै टिमलाको रूखमा झुन्डिएको अवस्थामा भाटको शव फेला परेको हो ।

खेतबाट घर खाना खान जान्छु भनेर हिँडेकी भाट झुन्डिएको अवस्थामा फेला परेको पारिवारिक स्रोतबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी भट्टले बताए ।

Shaileshwori
Loading...