धानमा बाला नलागेपछि बोगटानका धन बम चिन्तित

डोटी : अहिले किसानलाई धान बाली भित्राउने चटारो छ । असोज १९ गते रातिबाट परेको भारी वर्षाले धेरै किसानको धान बालीमा क्षति पु¥याएको  छ । काट्न ठिक्क परेका कतिपयका धान खेतमै झर्ने अवस्थामा पुगेका छन् भने कतिपयका काटेका धान खेतमा उम्रिन पुगे ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ का किसान धन बहादुर बमलाई भने धानमा बाला नलाग्दा चिन्तित बनाएको छ । काट्ने समय हुँदा पनि सोही वडाको सुनाखेतमा रोपेको धानमा बाला नलागेपछि बम चिन्तित हुनु परेको हो । बाला लाग्ने समयमा मान रोग लागेपछि धानमा बाला नै नलागेको बमले बताएका छन् । “सँगै रोपेका खेतका धान काटी सके, मेरो खेतमा बाला नै नलागी धान सुकी सके बमले भने, खेतमा रोपेको बिउँ पनि निस्किएन, वर्ष भरिको मेहनत त कहाँ हो कहाँ ।”
Sayalb
यो वर्ष  १०/११ क्विन्टल धानको क्षति भएको उनको भनाई छ । कृषि पेसा र मजदुरी गरेर ६ जना सदस्य रहेको परिवारको दैनिकी चलाई रहेका बमलाई निकै समस्या हुने भएको छ । सोही धान रोपेका उक्त ठाउँका अन्य किसानका धानमा पनि बाला लागेका छैनन् । वडा तथा पालिका बाट बमले सहयोगको अपेक्षा राखेको बताएका छन् ।
      
Shaileshwori
Loading...