
गणेश मौनी
असोज ३१, डोटी
नेपाल प्रहरी आम नागरिकको साथी रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको ६७ औ प्रहरी दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठले उक्त कुरा बताएकी हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी प्रजिअ श्रेष्ठले नेपाल प्रहरी आम नागरिकको नजिकको साथी रहेको बताइन् । उनले भनिन स्थानीय स्तरमा जनतासँगको सबैभन्दा नजिकको प्रशासनिक निकाय, प्रशासन भनेको नेपाल प्रहरी नै हो त्यसैले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नका साथै आम नागरिकका हरेक समस्यामा साथ दिनु पर्ने बताइन् । डोटीमा प्रहरी गर्दै आइरहेको विभिन्न कामको प्रशंसा समेत गरेकी थिइन् ।
नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै समाजमा हुने आपराधिक गतिविधिहरू न्यूनीकरणमा अहम् भूमिका निर्वाह गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए । डोटी बासी आम नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउनका साथै सुख दुःखमा साथ दिन नेपाल प्रहरी हरपल तयार रहेको समेत प्रजिअ प्रमुख धमलाले बताए । डोटीमा हुने गरेका विभिन्न अपराधीक गतिबिधीहरुलाई न्यूनीकरणमा प्रहरीको अहम् भूमिका रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोला भट्टले बताए । नेपाल प्रहरी आम नागरिकको सेवामा सदैव तयार छ ।

जिल्ला प्रहरी कार्यालयमा सञ्चालन भएको दिवस समारोह कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, भैरव प्रसाद गणका गणपति, सशस्त्र प्रहरी बल ३६ नम्बरका प्रहरी उपरीक्षक, प्रमुख राष्ट्रिय अनुसन्धान डोटीका प्रमुख, दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष, भूतपूर्व प्रहरी, प्रहरी अधिकृत, पत्रकार लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले गरेका थिए ।
