डोटीमा २ दिने विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

Sayalb
मोहन ठकुल्ला, डोटी
सामुदायिक विकास मञ्च (सिडिएफ) को आयोजनामा २ दिने विपद् जोखिम न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कारितास अस्ट्रियाको आर्थिक सहयोग र कारितास नेपाल तथा सामुदायिक विकास मञ्चको साझेदारीमा विपद् जोखिम न्यूनीकरण (डिआरआर) सम्पर्क शिक्षकहरूका लागि बृहत्तर विद्यालय सुरक्षा तथा जलवायु परिवर्तन अनुकूलन सम्बन्धी पुनरताजकी तालिम  सम्पन्न भएको हो ।
सामुदायिक उत्थानशीलता सुदृढीकरण (एससिआरपी) परियोजना अर्नतरगत सञ्चालित बुढिगंगा नगरपालिका बाजुरा र डोटीको बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिकाका २५  वटा विद्यालयका डिआरआर फोकल प्रधानाध्यापक शिक्षक र अन्य शिक्षकलाई आइत र सोमबार गरी २ दिने पुनर्ताजकि तालिम दिएको हो ।
विपद् र जलवायु परिवर्तनको समयमा शिक्षक र विद्यार्थीको ज्यानलाई कसरी सुरक्षित राख्न सकिन्छ, विपद्को व्यवस्थापन कसरी गर्ने विषयलाई प्राथमिकता राख्दै पुनर्ताजकी तालिम दिएको प्रशिक्षक देवेन्द्र प्रसाद गुरुङले बताए । भूकम्प सम्बन्धी पूर्व कृत्रिम नमुना अभ्यासहरू, जलवायु सम्बन्धी व्यक्तिमा हुने असर र त्यसबाट जोगिन गर्नुपर्ने उपाय सम्बन्धी उक्त कार्यक्रममा छलफल भएको थियो ।
कार्यक्रम सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा  प्रशिक्षण प्रतिष्ठान दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्ना डोटीमा भएको थियो ।
Shaileshwori
Loading...