बोगटानमा पुरुष रनिङ सिल्ड भलिबल प्रतियोगिता सुरु

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पालिका स्तरीय चौथो संस्करणको पुरुष रनिङ सिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । मङ्गलवार देखि वडा  नम्बर ६  गगुडामा प्रतियोगिता सुरु भएको हो । पहिलो दिन पहिलो खेल आयोजक गगुडा ए र सातफरी  तथा दोस्रो खेल सिमचौर र चवराचौतारा  बिच भएको गगुडा स्वास्थ्य चौकीका सिनियर अ.हेव शिशिर बोगटीले जानकारी दिए ।
Sayalb
पहिलो खेलमा आयोजक गगुडा ए र दोस्रो खेलमा सिमचौर विजयी भएको छ । उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष बिस्ना देउवा बम रहेकी थिइन् भने सभापति वडा नम्बर ६ का वडा अध्यक्ष श्याम बहादुर बोगटी र विशिष्ट अतिथिमा  वडा नम्बर १ का वडा खेम घर्तिमगर र वडा नम्बर ५ का वडा अध्यक्ष राम बहादुर बोहरा रहेका थिए ।
कार्यक्रमको सञ्चालन शिशिर बोगटीले गरेका थिए ।  भोलि को पहिलो खेल आयोजक गगुडा बि र केदार अखडा बिच हुनेछ ।
Shaileshwori
Loading...