

काठमाडौँ : बुधवार नेपालको सिन्धुपाल्चोक जिल्ला र चिनियाँ सीमा क्षेत्र आसपास केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् डा. लोक विजय अधिकारीका अनुसार दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको हो ।
काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौँ उपत्यका, चिनियाँ सीमा क्षेत्रसँगै यसको प्रभाव यस आसपासका क्षेत्रमा परेको छ ।
