धार्मिक अगुवाका बिचमा तिहारको शुभकामना आदानप्रदान

Sayalb

कैलालीमा धार्मिक अगुवाका बिचमा तिहारको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जाल घोडाघोडीको आयोजनामा नेपाल संम्बत, दिपावली, छठ पर्बको पुर्बसन्ध्यामा सबै धर्मका अगुवाहरु सुखडमा भेला भएर शुभकामना आदान प्रदान गरेका हुन ।
धार्मिक सहिशुणता कायम गर्र्दै हानिकारक परम्परा अन्त्य गर्नका लागी कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय अन्तर धार्मिक सञ्जाल घोडाघोडीका अध्यक्ष शिब प्रशाद ढकालले बताए । अध्यक्ष ढकालले भने ‘हामी सबै धर्म भित्रका खराब परम्पराहरु त्याग्ने, नेपालको कानुनसंग बाजिँएका परम्पराहरु हकमा नेपालको कानुन अनुसार गर्न सबै धर्मका अगुवाहरु भेला भएर धार्मिक सहिशुणताको शन्देस दिन धार्मिक अगुवाहरु एक ठाउँमा भेला भएका हौँ ।’धार्मिक अगुवाहरुले शुभकामना आदान प्रदानसंगै बाल बिवाह, महिला हिंसा, घरेलु हिंसा अन्त्य गर्नका लागी धार्मिक अगुवाको भूमिकाका बिययमा समेत छलफल गरेका छन् । समाजमा बिद्यमान रहेका हानिकारक परम्परा अन्त्य गर्नका लागी धार्मिक अगुवाहरुले घोडाघोडीका काम गर्र्दै आएका छन् । प्रथा, परम्पराका हवला दिँदै समाजमा हानिकारक परम्परा रहेको हुँदा त्यस्ता परम्परा अन्त्य गर्न साझा उदेश्य बनाई काम गर्नु पर्ने धार्मिक अगुवाहरुको निश्कर्ष छ ।
वल्र्ड भिजन ईन्टरनेश्नलको आर्थिक सहयोगमा महिला हिंसा बिरुद्धको राष्ट्रिय सञ्जाल (निरन नेपाल) घोडाघोडी शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

Shaileshwori
Loading...