के.आई.सिंह–७ मा बर्थिङ सेन्टर भवनको शिलान्यास

मोहन ठकुल्ला, डोटी
डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ७ मा बर्थिङ सेन्टर भवनको शिलान्यास गरिएको छ । बुधवार एक ओैपचारिक कार्यक्रमका साथ वडा अध्यक्ष दिल बहादुर बलायरले तीन कोठे भवनको शिलान्यास गरेका हुन् ।
डिसीएको आर्थिक सहयोग र सम विकास केन्द्र (इडिसी) डोटीद्वारा सञ्चालित परिवर्तन परियोजना अन्तरगत, सहकारी (सिएपी) सामुदायिक कार्य योजना, प्रगतिशील महिला अधिकार मञ्च र वडा न ७ का संयुक्त आयोजनमा बर्थीङ सेन्टर भवन निर्माण हुन लागेको हो । कुल ११ लाख अट्ठाइस हजार रकममा निर्माण सम्पन्न हुने भवनका लागि ८ लाख रुपैयाँमा सम विकास केन्द्र (ईडिसी) र तीन लाख अट्ठाइस हजार रुपैयाँ गाउँपालिकाले छुट्टाएको छ ।
भवनको काम डिसेम्बर १५ सम्म सक्नु पर्ने भएको छ । वर्थिङ सेन्टर भवन निर्माण भएपछि महिलाको गर्भवती र सुत्केरी महिलालाई नियमित चेकजाँचमा सहज हुने भएको छ । वडा नम्बर ७ का वडा अध्यक्ष दिल बहादुर बलायर कार्यक्रमको प्रमुख अतिथि र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण प्रसाद जैसी विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा सम विकास केन्द्र परिवर्तन परियोजनाका सामाजिक विकास अधिकृत रेबन्त भुल र सामाजिक परिचालक महिला अधिकार मञ्चमा बस्ने महिलाहरूको सहभागिता रहेको थियो ।
Sayalb
Shaileshwori
Loading...