बझाङ जिप दुर्घटना अपडेट : मृतको सङ्ख्या ७ पुग्यो, ५ जना घाइते धनगढी रेफर

बझाङ : बझाङमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । बुधवार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मस्टातर्फ गइरहेको सु.प.प्र ००१–००१ च ११७ नम्बरको जिप दुर्घटना  भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मृत्यु हुनेमा मष्टा खेतकोटकी १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरका झरेन्द्र बोहरा रहेका छन् ।
घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ वर्षीय अमृत खड्का, १३ बर्षिया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्की देवी भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ वर्षीय वीर बहादुर खड्का, मष्टा साडा– १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनीश ओखेडा, १० वर्षीय अङ्कित खड्का, ७५ वर्षीय वीर बहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् ।
दुर्घटना हुँदा घाइते भएका ५ जनालाई धनगढी रेफर गरिएको छ । बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको थियो ।
Sayalb
Shaileshwori
Loading...