शिखरमा पालिका स्तरीय बहु सरोकारवाला मञ्चको बैठक सम्पन्न

मोहन ठकुल्ला, डोटी
डोटीको शिखर नगरपालिकामा पालिका स्तरीय बहु सरोकारवाला मञ्चको बैठक सम्पन्न भएको छ । युरोपियन युनियन र डिसिएको आर्थिक सहयोग र शिखर नगरपालिकाको समन्वयमा सम विकास केन्द्र (इडिसी) डोटीको आयोजनामा बिहीबार बैठक सम्पन्न भएको हो । परिवर्तन परियोजना लागू भएका नगरपालिकाका वडाहरूमा सन् २०१९ देखि महिलाहरूको क्षमता विकास, सीप विकास र कार्य बोझ घटाउनमा विभिन्न कामहरू गरिरहेको कार्यक्रम संयोजक महेश परियारले बताए । पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका महिलाहरूलाई रु एक लाख पचास हजार सम्म लगानी लगाउनमा सहयोग गर्ने संयोजक परियारले बताए ।

Sayalb

संस्थाले गरेका कार्यहरूबाट नगर भित्रका क्षेत्रमा धेरै सहयोग पुगेको छ । समाज सुधार र उन्नति प्रगतिका लागि संस्थासँग सहकार्यमा रहने नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । परिवर्तन परियोजना लागू भएका वडाहरूमा महिलाहरूको क्षमता वृद्धि हुनुका साथै महत्त्वपूर्ण कामहरू भएका छन् । नगरपालिकाले स्थानीय स्तरमा घट्ने घटनाहरूको विषयमा काम गर्छ भन्ने जानकारी नभएर स्थानीय जिल्लामा जाने गरेको नगर उप–प्रमुख सुनिता रावलले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख दीर्घ बहादुर बलायर र विशिष्ट अतिथि उप–प्रमुख सुनिता रावल रहेकी थिइन् । कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य, नगरपालिकामा कार्यरत कर्मचारी र संस्थामा आबद्ध कर्मचारीको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...