आजबाट नेपालमा रेल

काठमाडौँ, असोज २

Sayalb

रेलवे विभागले भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रवार नेपाल आइपुग्दै छ । एउटा इन्जिन र चार वटा बोगीसहितको दुई सेट रेल शुक्रवार अपराह्नसम्म जनकपुर आइपुग्ने रेलवे विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिएका छन्  ।

नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो । ६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ । आवश्यक कानुन बनाएर दसैँ-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो ।

Shaileshwori
Loading...