
डबल बम, डोटी
सिलगढी मिलन चोक र आयोजक टिम तेस्रो शैलेश्वर फुटबल कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नयाँ युवा नयाँ सोच युवा क्लबद्वारा आयोजना गरिएको प्रतियोगिताको सेमिफाइनलमा सिलगढी मिलन चोकले लङ्कस लायन्स लाई पेनाल्टी सुट आउट बाट ५-३ गोलले अन्तरले पराजित गरेको हो भने आयोजक टिमले घटाल सप्लायर्स टिमलाई ३-२ गोल अन्तरल पराजित गरेको हो ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरस्कार राशि विजेतालाई ५० हजार नगद, ट्रफि, मेडल, प्रमाणपत्र र उपबिजेतालाई २५ हजार नगद, ट्रफि, मेडल, प्रमाणपत्र रहेको छ । साथै उक्त प्रतियोगितामा इन्डिभिज्युलका आधारमा वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर, वेस्ट प्लेयर, सर्वाधिक गोलकर्तालाई पनि केही नगद तथा प्रमाणपत्र प्रदान गरिने छ ।
फाइनल खेल भोलि दिउँसो दुई बजे हुनेछ। प्रतियोगिता दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ टुँडिखेलमा असोज ३१ गतेबाट सुरु भएको हो । कार्यक्रमका सहयोगी दिपायल सिलगढी नगरपालिका तथा वडा नम्बर ६ रहेको नयाँ युवा नयाँ सोच युवा क्लबका केन्द्रीय कार्यक्रम संयोजक विनोद खत्रीले बताए ।
