आले र बलायरले निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने भद्र सहमति

विमल विष्ट
कात्तिक ६, डोटी
निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आले तथा पूर्व मन्त्री वीरबहादुर बलायरले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने भएका छन् । पछिल्लो समय लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट आले डोटी तथा बलायर कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका उमेदारका लागि निर्वाचन सहभागी भएका छन् ।

Sayalb

आलेले बलायरलाई कैलालीमा सहयोग गर्ने तथा बलायरले डोटीमा आलेलाई सहयोग गर्ने आज सहमति भएको बाम गठबन्धनका नेताहरूले बताएका छन् । डोटीमा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट आलेले प्रतिनिधि सभा सदस्यका लागि टिक पाएपछि बलायरलाई डोटीबाट कैलाली क्षेत्र नं ४ बाट टिकट दिइएको थियो । लोकतान्त्रिक बाम गठबन्धनमा पछिल्लो समय डोटीमा चार पार्टीहरू एक भएर नेकपा एमालेसँग निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

डोटीमा नेपाली काँग्रेसका कार्यकर्ताहरूलाई बलायरले लोकतान्त्रिक बाम गठबन्धन पक्षमा मतदान गर्न निर्देशन दिएका छन् भने कैलालीमा भएका नेकपा समाजवादीका नेता कार्यकर्तालाई लोकतान्त्रिक बाम गठबन्धन पक्षमा मतदान गर्न आलेले निर्देशन दिएको स्रोतले जनाएको छ । आलेका पक्षमा मत माग्न बलायर डोटी जाने तथा बलायरका पक्षमा मत माग्न आले कैलाली निर्वाचन क्षेत्र नं ४ मा जाने समेत सहमति भएको लोकतान्त्रिक बाम गठबन्धनका नेताहरुको दाबी छ ।

Shaileshwori
Loading...