
डोटी : रातिको ८ बजे पछाडि डोटीमा देउसी भैलो खेल्न नपाइने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय डोटीले एक सूचना जारी गर्दै रातिको ८ बजेपछि देउसी, भैलो नखेल्न अनुरोध गरेको छ ।
भुइचम्पा, पटका, अतिसवाजी जस्ता विस्फोटक पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचना मार्फत अनुरोध गरिन् । जुवा तास, लङ्गुर बुर्जा खेल जस्ता खेल खेल्न खेलाउन तथा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला तथा झैझगडा नगर्न पनि जिल्ला प्रशासन कार्यालय डोटीले अनुरोध गरेको छ ।

निर्देशनको पालना नगरे कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताइन् । शान्तिपूर्ण वातावरणमा सुरक्षित र मर्यादित तरिकाले चाडपर्व मनाउन प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आग्रह गरिन् ।

