
डोटी : हिन्दुहरूको दोस्रो महान् चाड शुभ दीपावली तथा छठ पर्वको अवसर पारि दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुरमा वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को सहयोगमा कुमालीकोट युवा क्लबले प्रतियोगिताको आयोजना गरेको हो ।

वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ प्रथम र दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ दृतिय भएको वडा अध्यक्ष अशोक कुमार सोपले जानकारी दिए । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का विक्रम बिक प्रतियोगिताको उत्कृष्ट खेलाडी छनोट भएका थिए । साथै शुभ दीपावली, छठ पर्व तथा स्थानीय चाडको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम पनि गरिएको थियो ।
