गठबन्धन राष्ट्रको माग हो, जित्न आवश्यक छ : मुख्यमन्त्री भट्ट

Sayalb
डोटी : गठबन्धन संविधानको रक्षा गर्नको लागि बनेकोले लोकतान्त्रिक बाम गठबन्धन राष्ट्रको माग रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य त्रिलोचन भट्टले बताए । डोटीको जोरायल गाउँपालिकामा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रममा नेता भट्टले उक्त कुरा बताएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् भङ्ग गरेको स्मरण गर्दै नेता भट्टले त्यो बेला सँगै सङ्घर्षका कार्यक्रम गरेको र संविधान जोगाउन सफल भएकाले गठबन्धनले जित्न आवश्यक रहेको बताए । अहिले गठबन्धनका दलले एक अर्का लाइ सघाउँदैनन् की भन्ने आशङ्का पैदा भएकाले त्यस तर्फ सबै सजक रहनु पर्ने भट्टको भनाई थियो ।
मुख्यमन्त्री भट्टले गठबन्धनमा रहेका दल तथा दलका आस्थावान् कार्यकर्ताले संविधान र राष्ट्रका लागि लोकतान्त्रिक बाम गठबन्धन आवश्यक रहेको बुझ्न जरुरी रहेको औँल्याए । नेता भट्टले गठबन्धनलाई विश्वास गर्दै संविधान जोगाउन र सबै खाले विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन डोटेली जनतालाई अपिल गरे ।
Shaileshwori
Loading...