डोटीमा गठबन्धन हुन हुँदैन भनि गरेका निणर्य स्वत खारेज : डोटी कांग्रेस

Sayalb

डोटी : यस अघी डोटी जिल्लामा गठबन्धन हुदैन भनेर नेपाली कांग्रेसले गरेका निणर्यहरु स्वत खारेज भएको नेपाली कांग्रेस डोटीले जानकारी दिएको छ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भन्दै पालिका स्तरिय समिति र जिल्ला कार्य समितिबाट निणर्य खारेज भएको कांग्रेस डोटी सभापती नरेन्द बहादुर सिंहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपा द्वारा प्राप्त परिपत्र अनुसार हाम्रो पार्टी गठबन्धनमा औपचारिक रुपमा समाहित भयको यहाहरुलाइ सर्बबितितैछ देसको बर्तमान अवस्था संविधान र लोकतन्त्र को पुणर्रक्षा गर्न अपरिहार्य रहेको लोकतान्त्रिक बाम गठबन्धन सयुक्तरुपमा मसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेस सभाको निर्बाचनमा होमिएका हाम्रा गठबन्धनका सम्पुणर् उम्मेदवारलाइ अत्यधिक बहुमतले बिजय गराउन डोटी जिल्लाका सम्पुणर् नेता कार्यकर्ता सुभेच्छुक भातृ संघसंगठन तथा स्थानीय तह पालिकाका पदाधिकारी यबम वडाकार्यसमितीको तहसम्म सक्रियताका साथ लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार प्रतिनिधि सभामा प्रेम बहादुर आले ( एकिकृत समाजबादी ) चुनाव चिन्ह कलम प्रदेस क नरेन्द्र बहादुर सिह (नेपाली कांग्रेस) चुनाव चिन्ह रुख प्रदेस ख शिब सिह ओलि ( नेकपा माओवादी ) चुनाव चिन्ह गोलाकार भित्र हसिया हथौडा र समानुपातिक तर्फ प्रतिनिधि सभा तथा प्रदेस सभामा रुख चिन्हमा मतदान गर्न गराउनहुन सम्पूणर् कांग्रेस जनमा निर्देशनका साथै डोटी बासिमा हार्दिक अनुरोध गर्दै कांग्रेसले बिज्ञप्ती जारी गरेको छ ।
यसका साथै बिगतमा स्थानीय तह देखि पालिका प्रदेस सभा जिल्ला कार्य समितिले गठबन्धन हुनु हुदैन भन्ने गरेका निणर्यहरु स्वत खारेज भयको कुरा जानकारी गराइन्छ बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Shaileshwori
Loading...