
डोटी : लोकतान्त्रिक बाम गठबन्धनले डोटी जिल्लाका पालिका स्तरीय बैठक आयोजना गरेको छ । जिल्लाको जोरायल गाउँपालिकामा १२ गते, शिखर नगरपालिका, पुर्विचौकी, बडीकेदार र सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिकामा १३ गते आयोजना गरिएको छ भने केआईसिंह गाउँपालिकामा १४ गते आयोजना गरिएको लोकतान्त्रिक बाम गठबन्धनले डोटीले जानकारी दिएको छ ।

आदर्श गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा यस अघि नै गठबन्धन दलहरूको संयुक्त बैठक सम्पन्न भइरहेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागी आवश्यक रणनीति बनाउनका लागी गठबन्धन दलमा आबद्ध दलहरूको बैठक बस्ने लोकतान्त्रिक बाम गठबन्धनले डोटीका सचिव केशव नाथ योगीले जानकारी दिनु भएको छ ।
