
गणेश मौनी, डोटी
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ बरालगाउँका गोपाल खत्रीको उपचारमा समस्या भएपछि सहयोगका लागि आग्रह गरेका छन् । बिरामीका आफन्तका अनुसार लामो समय देखि मुटु रोगको बिरामी भएका गोपालको मुटुको दुवै भल्ब फेल भए पछि उपचारमा समस्या भएको हो । उनको अहिले गङ्गालाल राष्ट्रिय ह्र्दय केन्द्र काठमाण्डौमा उपचार भइरहेको छ ।

आफन्तका अनुसार गोपालको मुटुको अप्रेसन गर्नुपर्ने अस्पतालले बताएको जानकारी गराए । आफूसँग भएको पैसा सबै सकिएपछि थप उपचारको लागि धेरै पैसा आवश्यक पर्ने भएकाले सहयोगका लागि सबैलाई अपिल गरेको बिरामीकी दिदी हिरा कुमारी खत्रीले बताइन् ।उमेरले २१ पुगेका गोपाल केही समय देखी भारतमा रोजगारी गर्दै आइरहेका थिए ।
उनलाई सहयोग गर्न चाहने इच्छुक व्यक्तिले निज बिरामीकी दिदी हिरा कुमारी खत्रीको सेन्चुरी कमर्सियल बैक धनगढी शाखामा रहेको खाता नम्बर ०२९००००९२० c मा सहयोग रकम जम्मा गर्न सकिने बताएको छ ।
