Before Header
After Navigation

डोटीको बाल सुधार गृहमा क्षमता भन्दा बढी बालक

गणेश मौनी, डोटी 
डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरू बस्ने गरेका छन् ।  २०७५ साल भाद्र महिनामा सुदूरपश्चिम प्रदेशको एक मात्र डोटी जिल्लामा स्थापना भएको बाल सुधार गृहमा २५ जना बालकहरू बस्न मिल्ने क्षमताको भए पनि हाल  ३९ जना बालकहरू बस्दै आएका छन् । प्रदेश भरी एक मात्र बाल सुधार गृह हुँदा स्थापनाकाल देखी हाल सम्म क्षमता भन्दा बढी बालकहरू बस्नु पर्ने बाध्यता रहँदै आएको छ ।
बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरू बस्ने गर्दा व्यवस्थापकीय पक्षमा गाह्रो हुने गरेको बाल सुधार गृह व्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । उनले भनिन् हाल डोटीमा जुन भवनमा बाल सुधार गृहको लागि प्रयोग गरी बालकहरू लाई राख्ने गरेको छ त्यो भवन बाल सुधार गृहको लागि निमार्ण गरेको होइन साबिकको महिला तथा बालबालिका कार्यालयको भवन भएकोले बाल सुधार गृहको लागि आवश्यक मापदण्ड अनुसार नहुँदा समस्या भइरहेको छ,  क्षमता भन्दा बढी पनि छन्, भवन बाहिर तीर खेल्न मिल्ने खेलमैदान छैन, खेलकुद सामाग्री छैन, तर पनि हामी सँग भएको श्रोत साधनको सदुपयोग गरी व्यवस्थापन गरिरहेका छौ । बालकहरूलाई अन्य जिल्लामा अदालती प्रक्रियामा सहभागी गराउन सवारी साधनको साह्रै अभाव हुने गरेको समेत प्रजिअ श्रेष्ठले बताइन् ।
Sagan sahari bhawan nirman aayojana
 बाल सुधार गृहको लागि प्रयोग गरेको भवनमा हाल मल्टी स्टोरेज बेड बनाएर, आवश्यक खान बस्न, सुरक्षा व्यवस्थालाई मिलाइरहेको, स्वास्थ्य कार्यालयसँगको समन्वयमा मासिक रूपमा स्वास्थ्य परीक्षण गर्ने गरेको, गैर सरकारी सङ्घ संस्थासँगको समन्वयमा मनोबिमर्शसेवा दिनुका साथै व्यवस्थापकीय लगायतका अन्य क्षेत्र सरसफाइ सुरक्षा लगाएका कुराहरूको नियमित अनुगमन गर्ने गरेको समेत प्रजिअ श्रेष्ठले बताइन् ।
क्षमता भन्दा बढी बालकहरू भएका कारण व्यवस्थापनमा समस्या हुने गरेको बाल सुधार गृह डोटीकी प्रशासकीय अधिकृत सानुमाया लिम्बुले बताइन् । उनले भनिन् देश भरमा जम्मा ८ वटा बाल सुधार गृह मात्र स्थापना भएका छन् त्यस मध्यको डोटी पनि एक हो । बाल सुधार गृहमा रहेका ३९ जना बालकहरू मध्य २८ जनाको अदालतले फैसला गरिसकेको छ भने अन्य १३ जना हकमा फैसला नभई पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएको प्रशासकीय अधिकृत लिम्बुले बताइन् ।
डोटी जिल्लामा रहको बाल सुधार गृहमा हाल प्रदेश नम्बर ५ र ७ का विभिन्न जिल्लाका बालकहरू  रहेका छन् । सुदूरपश्चिम प्रदेश भरि एक मात्र बाल सुधार गृह भएका कारण क्षमता भन्दा बढी राख्नुपर्ने बाध्यता रहेको पनि अनुमान गर्न सकिन्छ । क्षमता भन्दा बढी बालकहरूलाई एकै ठाउँमा राख्नु भन्दा सरकारले देशका विभिन्न स्थानमा आवश्यकता अनुसार बाल सुधार गृह स्थापना गर्नुका साथै भएका बाल सुधार गृहलाई व्यवस्थित बनाउनु पर्ने नागरिक समाजका अगुवाहरू बताउँछन् ।
Shaileshwori
Loading...